दफा ५३
धितो दिने व्यक्तिको धितोको सम्पत्ति निखन्ने अधिकार
(१) लिखितरुपमा अन्यथा सहमति भएकोमा बाहेक दायित्वको पालना नभई धितो दिने व्यक्ति वा धितो लिने अन्य कुनै व्यक्तिले धितोको सम्पत्तिबाट सुरक्षित सम्पूर्ण दायित्वहरु पूरा गर्दा धितो लिने व्यक्तिले भुक्तानी गरेको मनासिब कानून व्यवसायी शुल्क र कानूनी कारबाही गर्दा लागेको अन्य खर्च लगायत त्यस्तो धितोको सम्पत्ति पुन प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी गर्दा वा बेचबिखन गर्दा धितो लिने व्यक्तिले गरेको अन्य मनासिब खर्चहरु बुझाई धितोको सम्पत्ति निखन्न सक्नेछ ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्नुभन्दा अघि वा बेचबिखनको लागि करार गर्नुभन्दाअघि वा दायित्व पूरा हुनुभन्दा अघि धितोको सम्पत्ति निखन्न सक्नेछ ।